आफ्नो बुबाको तस्बिर अनुमतिबिनै विज्ञापनमा प्रयोग गरेको भन्दै ब्रुस लीकी छोरीले एक लोकप्रिय चिनियाँ कम्पनीमाथि मुद्दा हालेकी छन्।
रियल कुङ फु नामक फास्ट फुड चेन रेस्टुरेन्टले आफ्नो लोगोमा ब्रुस लीको तस्बिर प्रयोग गरेको छ।
उनकी छोरी स्यानन लीले सो लोगो तत्काल हटाउन र ३ करोड डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी हुन्।
रेस्टुरेन्टले भने स्थानीय अधिकारीहरुले ब्रुस लीको तस्बिर प्रयोग गर्न अनुमति दिएको भन्दै नहटाउने अडान लिएको छ। एजेन्सी

प्रतिक्रिया