कजाकस्तानमा उड्नेबित्तिकै एक घरमा ठोक्किन पुगेको विमानका १२ यात्रुको मृत्यु भएको छ।
शुक्रबार बिहान अलमाती विमानस्थलबाट उडेको बेक एयरको विमानमा चालकदलका सदस्यसहित करिब १ सय मानिस थिए।
यसअघि १५ जनाको मृत्यु भएको बताइएपनि पछि गृह मन्त्रालयले मृतकको संख्या १२ भएको जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। तर, सो समय त्यहाँ बाक्लो कुहिरो लागेको बताइएको छ।
६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ। १७ जनाको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ।
मारिनेमध्येमा विमानका क्याप्टेन पनि रहेको बताइएको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया