खेल


सरस्वती युथलाई पराजित गर्दै ‘ए’ डिभिजन लिगमा पुलिसको पहिलो जित

सरस्वती युथलाई पराजित गर्दै ‘ए’ डिभिजन लिगमा पुलिसको पहिलो जित

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ११:१९,

विभागीय नेपाल पुलिस क्लबले कतार एयरवेज ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ।

तेस्रो चरणको खेल सकिँदासम्म सरस्वती युथ क्लबले भने जितको स्वाद चाख्न पाएको छैन।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई २-० ले पराजित गर्दै पुलिस क्लबले पहिलो जित निकालेको हो।

खेलको ४६ औं मिनेटमा रवि पासवानको पासमा सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। ७९ मिनेटमा सुमन लामाको पासमा भोला सिलवालले गोल गर्दै पुलिसको जित सुनिश्चित गरेका हुन।

दोस्रो हाफको इन्जुरी समयमा पुलिसका अन्जन राई दोहोरो पहेलो कार्ड खाएपछि १० खेलाडीमा सीमित बनेको थियो।

लिगमा पुलिस र सरस्वती पहिलो जितको खोजीमा थिए। यसमा पुलिस क्लब सफल भएको छ। पुलिस क्लब पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिँँदा दोस्रो खेलमा थ्री स्टारसँग १–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad