प्रहरीले रौतहटको राजपुर नगरपालिका–१ पिपरा भगवानपुरबाट ९१ किलो गाँजासहित दुई भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो गाँजासँगै जेएच १० एक्स ४२१२ नम्बरको भारतीय बोलेरो र बिआर ३० यू ०४७४ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।
प्रहरी पुगेपछि गाँजा तस्कर भने फरार भएका थिए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
24
Shares

प्रतिक्रिया