वीरगञ्ज महानगरपालिकाका समस्या बुझ्न मेयर राजेशमान सिंह नागरिकका घर घरमा पुगिरहेका छन्।
अनुगमनका क्रममा उनले बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन पनि निर्देशन दिएका छन्।
सिंहसहितको टोलीले शुक्रबार बिहान उक्त सडकखण्डको अवलोकन गर्दै सडकमै पार्किङ गरिएका साधन र निर्माण सामग्रीले आवतजावतमै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिएको हो।
सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री सडकमा राख्दा आउजाउमा समस्या र दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो।
शुक्रबार हटाउन चेतावनी दिएर आएको महानगरपले जनाएको छ। शनिबारदेखि हटाएको नभेटिए महानगर आफैँले हटाउने छ।
सहायक बाइपाससँगै बाइपास सडकखण्डमा अहिले ठूला सवारी साधन बस, ट्रक जस्ता सवारी जथाभावी पार्किङ गर्ने गरेको भेटिने गरेको छ।
यस्तै मेयर सिंहसहितको टोलीले वडा नम्वर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित भएको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरुलाई आग्रह गरेको छ।
टोलीले वडा नम्वर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ।
भेटका क्रममा मेयर सिंहले वीरगञ्जको विकासका लागि आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरे।
Shares

प्रतिक्रिया