समाज


भक्तपुरमा पानी ट्यांकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

भक्तपुरमा पानी ट्यांकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार २१:१५, काठमाडौँ

भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोडस्थित जय नेपाल चोकमा पानी बोक्ने ट्यांकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीका २६ वर्षीय साजन दुवारी रहेका छन्।

कालोपाटीबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ७८६२ नं. को मोटरसाइकल अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नं. को पानी ट्यांकरमा ठक्कर खाएको थियो। 

घटनामा मोटरसाइकलमा सवार झापा जिल्लाको बिर्तामोड नगरपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–३ बस्ने वर्ष २३ को अमनल साह घाइते भएका छन्। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। 

दुवै सवारी साधन तथा ट्यांकर चालक भक्तपुर नगरापालिका–२ ब्यासी बस्ने वर्ष २८ को प्रबिण सुवाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad