नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा समावेश प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन्।
सोमवार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं ५ का जनताले आफूलाई जिताए चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने वचन दिए।
उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताले नेकपा एमालेका उम्मेदवारहरुलाई सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बतए।
उनले वि.सं. २०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गरेका छन्।
‘काठमाडौं क्षेत्र नं.५ का मतदाताहरुको नेकपा एमालेका उम्मेदवारहरुप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ', उनले भने,'यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेदवार हुँदा जे प्रतिवद्धता जनाएको थिएँ। ती प्रतिवद्धताअनुरुप सबै काम गर्यौं। काठमाडौं ५ का जनताले एमालेलाई मतदिएर जिताए घोषणापत्रका प्रतिवद्धता कार्यान्वयन गरेर जाने छौँ।’
काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन्। पोखरेलका घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत समेल सहभागी थिए।
Shares

प्रतिक्रिया