महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमर निकालिएको छ।
सफलतापूर्वक शल्यक्रिया गरेर ट्युमर निकालिएको नेपाली सेनाले जनाएको छ।
सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको ४.९ किलोको ट्युमर शल्यक्रिया गरेर सफलतापूर्वक निकालिएको रणभीम गणका गणपति विदुर अधिकारीले जानकारी दिए।
खखना माविमा बिरामी पहिचान गरी जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलाको नेपाली सेनाको आर्मी अस्पताल काठमाडौँबाट आएको सर्जनसहितको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालेको हो।
नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिय भएको छ।
3
Shares

प्रतिक्रिया