समाज


तराईमा ह्वात्तै बढ्यो चिसो, काठमाडौंमा वर्षकै कम तापक्रम

तराईमा ह्वात्तै बढ्यो चिसो, काठमाडौंमा वर्षकै कम तापक्रम

नेपालखबर
पुस २, २०७६ बुधबार २:४०,

पुस लागेसँगै तराईमा ह्वात्तै चिसो बढेको छ। अत्यधिक चिसोका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ।

अहिले देशको पूरै तराई क्षेत्र हुस्सु/कुहिरोले ढाकेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद्ले गंगा नगरकोटीले जानकारी दिइन्। यो अब दिनभर हट्ने सम्भावना नरहेको उनले बताइन्।

उनका अनुसार अहिले तराई क्षेत्रमा एकदमै चिसो बढेको छ। ‘तराईको क्षेत्रको न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर एकदम कम भएको छ,’ नेपालखबरसँग उनले भनिन्, ‘यस्तो हुँदा चिसो बढ्छ।’

‘हिजो भैरहवाको न्यूनतम तापक्रम १२.२ डिग्री थियो भने अधिकतम तापक्रम १५.५,’ उदाहरण दिँदै उनले भनिन्, ‘अर्थात् न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर अन्यन्त कम हुन थालेको छ।’

यसैबीच आज (बुधबार) काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम भएको छ।

मौसमविद् नगरकोटीका अनुसार बिहान लिइएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ३.७ मा झरेको पाइएको हो। ‘यो यस वर्षकै कम तापक्रम हो,’ उनले भनिन्।

यस्तै अहिले पहाडी क्षेत्रका अकाशमा थोरै बादल देखिएको छ अर्थात् आंशिक बदली भएको छ। त्यस क्षेत्रमा हल्का हुस्सु/कुहिरो पनि लागेको छ तर त्यो घाम लागेसँगै हटेर जाने मौसमविद् नगरकोटीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad