समाज


अदालतमा सन्दीपको बयान, थुनछेकको टुंगो भोलिमात्रै

अदालतमा सन्दीपको बयान, थुनछेकको टुंगो भोलिमात्रै

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १६:५५, काठमाडौँ

जिल्ला अदालत काठमाडौंमा सन्दीप लामिछानेको बयान गराइएको छ। सोमबार अभियोजन पत्र दायर भएसँगै मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो। 

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो। 

पहिलो दिन सोमबार उनको बयान गराइएको छ। यसअघि अभियोग पत्र दायर गर्नुअघि सरकारी वकिल कार्यालय र प्रहरीले बयानसहित बुझाउने भएपनि अदालतले छुट्टै बयान लिन्छ। 

लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नेकी थुनाबाहिर भन्ने निर्णय भने मंगलबार मात्रै हुने भएको छ। अदालतले सन्दीप पक्षका कानुन व्यवसायीलाई मंगलबार मात्रै आए हुन्छ भनेको छ।

‘आज बयान मात्रै भयो, हाम्रो पालो भोलि छ, हामीलाई अदालतले नै भोलि मात्रै आए हुन्छ भनेकाले आज हाम्रो बहस भएन’, सन्दीप पक्षका एक कानुन व्यवसायीले भने। 

बलात्कार आरोपमा १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने अभियोग पत्रमा माग छ। 

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन्। त्यसको एक महिना पहिले उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। 

यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसामु भने सन्दीपले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। आफूले बलात्कार नगरेको सन्दीपको जिकिर छ। यस्तै पीडित भनिएकी किशोरी पनि नाबालिग नभएको उनको पक्षको दाबी छ। 

किशोरीको नागरिकता अनुसार १८ वर्ष मात्रै पुगेको देखिए पनि वास्तविक उमेर भने १९ वर्ष रहेको सन्दीप र उनका कानुन व्यवसायीको दाबी छ। 

तत्काल प्राप्त प्रमाणबाट सन्दीप निर्दोष भन्न सकिने अवस्था अदालतले नदेखेमा उनलाई कारागार पठाउने आदेश हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad