आज छठ पर्वको अन्तिम दिन। उदाँउदो सूर्यलाई अर्घ्य दिई आज छठको समापन गरिँदै छ।
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै भक्तजन जम्मा भएर छठपूजा गर्ने गौरीघाटलाई पन्डाल, झिलिमिली बत्ती र केराका बोटसहितले सजाइएको छ। त्यहाँ पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत आइतबार छठी माताको पूजा आराधना गरेकी छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा गङ्गासागर, धनुष सागरलगायत नदी/खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका थिए। केही वर्षअघिसम्म यो पर्व तराईका बासिन्दाले मात्रै मान्दै आएका थिए। तर अहिले पहाडी जिल्ला र उपत्यकामा पनि यो पर्व मनाइन्छ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका बस्तालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
Shares

प्रतिक्रिया