मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको आज सार्वजनिक बिदा दिएको छ।
सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन मात्र बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए। रासस
21
Shares

प्रतिक्रिया