ad ad

समाज


काँग्रेस र उसका सहयोगीले भड्काइरहेका छन् मुसलमानलाईः मोदी

काँग्रेस र उसका सहयोगीले भड्काइरहेका छन् मुसलमानलाईः मोदी

नेपालखबर
पुस १, २०७६ मंगलबार ११:२,

आसामदेखि सुरु भएको प्रदर्शन यतिबेला राजधानी दिल्लीसम्म पुगेको छ। हालसम्म प्रहरीसँगको झडपमा ६ प्रदर्शनकारीको मृत्यु भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दल काँग्रेस र उसका सहयोगीले मुसलमान समुदायलाई भड्काएका कारण अवस्था विग्रिएको मंगलबार आरोप लगाएका छन्।

मोदीले राजनीतिक कारणका लागि काँग्रेसले यस विषयलाई गलत व्याख्या गरेको बताए।

यसअघि सोमबार मोदीले नागरिकता संशोधन कानुनका विषयमा भनेका थिए,‘यस कानुनले भारतका कुनै जनता र धर्मलाई असर गर्दैन। यस कानुनलाई लिएर कुनै जनताले चिन्ता लिनु पर्दैन। यो ती व्यक्तिहरुको हितको लागि ल्याइएको कानुन हो जोसँग भारतबाहेक अन्त जाने ठाउँ छैन।’

‘हामी गरिब, पिछडिएका, हेपिएका सबै मिलि भारतको विकासको निम्ति काम गर्नुपर्छ। हामीलाई भड्काउन खोज्ने पक्ष हामी स्वीकार गर्दैनौं।’ मोदीले भनेका थिए,‘यो शान्ति, एकता र भातृत्व व्यवस्थापन गर्ने समय हो। म नागरिकलाई यो अपिल गर्न चाहन्छु की हामी हल्लाको पछाडि दौडिनु हुँदैन।’

‘काँग्रेस प्रत्येक पाकिस्तानी नागरिकलाई नागरिकता प्रदान गर्न चाहन्छ र संविधानको धारा ३७० पुर्नस्थापित गर्न चाहन्छ।’ मोदीले चुनौतीपूर्ण भाषामा मंगलबार भने,‘गुरिल्ला राजनीति बन्द गरौं। भारतीय संविधान हाम्रो धार्मिक पुस्तक हो। म सबैलाई यो अपिल गर्न चाहन्छु की समस्यका विषयमा वार्ता गरौं हामी तपाइँको सुन्न तयार छौं।’

केही राजनीतिक पार्टीले नागरिकताको विषयलाई निकै सनसनीपूर्ण बनाउनु गलत भएको मोदीको भनाइ छ।

 भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

त्यहाँका मानिसहरू छिमेकी देश बाङ्ग्लादेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका हुन्।

यस्तै मुसलमानहरुले आफूमाथि नयाँ कानुन विभेदकारी भएको भन्दै प्रदर्शन गरेका छन्।

नागरिकताको विषयलाई लिएर आइतबार दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच हिंस्रक झडप भएको थियो। सो क्रममा प्रहरीले विश्वविद्यालय भित्रै अश्रुग्याँस प्रहार गरेका थिए।

३ जनाले आफूमाथि प्रहरीले गोली हानेको दाबी गरेका थिए। दिल्ली प्रहरीले भने आफूहरुले कसैमाथि गोली नचलाएको बताएका थिए।

भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको राष्ट्रसंघले बताएको थियो। एएनआई

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .