वि.सं. २०१७ साल पुस १ अर्थात् आजकै दिन तत्कालीन राजा महेन्द्रले चालेको कदमले देश जोगाएको भन्दै ‘श्री ५ महेन्द्र चिरस्मरण समिति’ले राजधानीमा र्याली तथा शालिकमा माल्यार्पण कार्यक्रम गरेको छ।
नेपाली राष्ट्रियताको इतिहासमा यो दिन अजर अमर रहने भन्दै राजावादीहरुले कार्यक्रम गरेका हुन्। कार्यक्रममा सहभागीहरुले दरबारमार्गमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका थिए। सहभागीहरुले हातमा ब्यानर, राष्ट्रिय झण्डासहित नाराजुलुस समेत निकालेका थिए।
हेर्नुहोस् तस्बिरमा :
प्रतिक्रिया