ad ad

समाज


खोटाङमा गुडिरहेको बसमा आगलागी, यात्रु अलपत्र

खोटाङमा गुडिरहेको बसमा आगलागी, यात्रु अलपत्र

तस्बिर : उजिर कार्की /नेपालखबर


नेपालखबर
असोज १५, २०७९ शनिबार १६:२३, काठमाडौँ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित बाहुनीडाँडामा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट खोटाङतर्फ गइरहेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो। 

बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने भएको छैन्। घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ। 

बसमा अनुमानित ५० जना यात्रु सवार थिए।

नेपालीहरुको चाड बडादसैँमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन्। उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्याउनगरी प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए।

तस्बिर : उजिर कार्की /नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .