ad ad

समाज


दसैँ मनाउन जन्मथलो फर्कँदा सिन्धुपाल्चोकमा जल्यो कार

दसैँ मनाउन जन्मथलो फर्कँदा सिन्धुपाल्चोकमा जल्यो कार

नेपालखबर
असोज १५, २०७९ शनिबार १५:५०, काठमाडौँ

बडादसैँ मनाउन काठमाडौंबाट जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ का एक परिवारको कार जलेर नष्ट भएको छ। 

शनिबार दिउँसो १ बजेर ४० मिनेटमा सुनकोसीको यमुनाडाँडा–४ स्थित सिमपानी भन्ने ठाउँमा उक्त गाडी जलेर नष्ट भएको हो। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर यादवका अनुसार कुनै मानवीय क्षति भने भएको छैन। 

कारमा ४ जना सवार रहेको एसपी यादवले जानकारी दिए।

सुनकोसी गाउँपालिका–४ निवासी राज कुमार विकको कार जलेको हो। उकालोमा जाने क्रममा कार हिट भएर जलेको यादवले नेपालखबरलाई जानकारी दिए। 

उकालोमा गाडीबाट धुँवा आएपछि विक ओर्लिएर हेर्दा कारबाट आगाे बलेको थियो। कार जले पुरै नष्ट भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .