समाज


२० औं अनशनको १२ औं दिन : डा. केसीको अवस्था झन् कमजोर बन्दै, अलमलमा सरकारसँगको वार्ता

बिहीबार दिनभर प्रधानमन्त्री कार्यालयमा वार्ता, भएन सहमति
२० औं अनशनको १२ औं दिन : डा. केसीको अवस्था झन् कमजोर बन्दै, अलमलमा सरकारसँगको वार्ता

त्रिवि शिक्षण अस्पतालमाा डा. गोविन्द केसी।


नेपालखबर
असोज ७, २०७९ शुक्रबार ९:२७, काठमाडौँ

१२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ। विभिन्न ७ बुँदे माग राख्दै कैलालीको धनगढी पुगेर अनसन सुरु गरेका केसी दुई दिनदेखि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन्। 

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसी आफ्नै खर्चमा काठमाडौं फर्किएका थिए। डा. केसीका सहयोगी अमृत जैसीका अनुसार अहिले पनि स्वास्थ्य अवस्था कमजोर छ। बिहीबार (६ असोज) दिनभरजसो प्रधानमन्त्री कार्यालयमा सचिवस्तरिय बैठक राखेर छलफल भएपनि डा. केसीका माग सम्बोधन भने हुन नसकेको उनले नेपालखबरलाई जानकारी दिए। 

‘हिजो पनि दिनभरजसो प्रधानमन्त्री कार्यालयमा छलफल भयो,’ शुक्रबार बिहान जैसीले नेपालखबरसँग भने, ‘सरकारको तर्फबाट माग सम्बोधन हुनेगरी कुनै प्रस्ताव आएको छैन्। आज पनि छलफलका लागि बोलाइएको छ।’

कैलालीको गेडा मेडिकल कलेज र धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या समाधान गर्नेबारेमा सरकारले चासो नदिएपछि सहमति जुट्न नसकेको उनको भनाई छ। चिकित्सकहरुका अनुसार डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकुल बन्दै गइरहेको सहयोगी जैसीले बताए।

देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका छन्।

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .