ad ad

समाज


चोरीको मोटरसाइकलसहित भक्तपुरको राधेराधेबाट एक जना पक्राउ

चोरीको मोटरसाइकलसहित भक्तपुरको राधेराधेबाट एक जना पक्राउ

नेपालखबर
भदौ २०, २०७९ सोमबार १९:५२, काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकल सहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेबाट आज १ जनालाई पक्राउ गरेको छ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ बस्ने ३२ वर्षीय प्रभु बस्नेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरीले जनाएको छ। 

मोटरसाइकलको वास्तविक नम्बर बाग्मती प्रदेश  ०२–०१५  प  ८२ ७७ लाई परिर्वतन गरी बाग्मती प्रदेश ०२–०१५ प ०८५१ नम्बर राखी चलाउँदै गरेको अवस्थामा भक्तपुरको राधेराधेबाट नियन्त्रणमा लिएको हो। 

बाग्मती प्रदेश ०२–०१५ प ८२७७ नम्बरको मोटरसाइकल चोरी भएको भनि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ८ बस्ने संग्रम सिंह दोङले प्रहरी वृत्त महाराजगञ्जमा लिखित निवेदन दिएका थिए।

चोरीको मोटरसाइकल खोजतलास गर्न भनि वृत्त महाराजगञ्जबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएको पत्रानुसार मोटरसाइकल खोजी गर्ने क्रममा बस्नेतलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन्।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .