संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्ड रिहा भएका छन्।
प्रहरीले हिरासतमा लिएका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका थिए।
गुरुङ साधारण तारेखमा छुटेको दरबारमार्ग बृत्तकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरस्थित भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारदेखि हिरासतमा राखेको थियो।
भीएसएफमा बायोमेट्रिक्सका लागि शुक्रबार पत्नीसहित पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो।
Shares

प्रतिक्रिया