ad ad

राजनीति


‘एमालेको डरले सत्ता गठबन्धनले भावी प्रधानमन्त्री टुंगो गर्न सकेन’

‘एमालेको डरले सत्ता गठबन्धनले भावी प्रधानमन्त्री टुंगो गर्न सकेन’

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार ७:४३, काठमाडौँ

गठबन्धनले प्रधानमन्त्रीका उम्मेदवारको टुंगो नगरी चुनावमा जाने कुरालाई नेकपा एमालेले जनतामाथिको धोका भनेको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले गठबन्धनका दलहरु प्रधानमन्त्रीको उम्मेदवार तय नगरी रानोबिनाको मौरी जस्तो चुनावमा जान खोजेको प्रतिक्रिया दिएका छन्।  

'उनीहरु कसलाई, किन प्रधानमन्त्री बनाउने भन्ने कुरामै अन्योलमा छन्। रानोबिनाको माहुरी जस्तो खाली हात चुनावमा जान खोजेका छन्', उनले भने, 'जनताले कसको नेतृत्वमा चल्छ भन्ने थाहा नपाइ कसरी मतदान गर्ने? जनतालाई गुमराहमा राखेर चुनावमा जान खोज्दैछन् गठबन्धनका दलहरु।'

प्रधानमन्त्रीको उम्मेदवार तय नगरेर गठबन्धन दलहरुले मूल्यको राजनीति नगरेको पुष्टि भएको पनि उनले बताएका छन्। 

'गठबन्धनको धमासभित्र गठबन्धनको गुम्साइमा जनतालाई गुमराहमा राखेर निर्वाचनमा जाने कुराले उनीहरु मूल्यको राजनीति गर्दैनन्, स्वार्थको राजनीति गर्छन् भन्ने कुरा स्थापित भएको छ', बास्कोटाले नेपालखबरसँग भने, 'उनीहरुले गर्न सक्छन् भने गठबन्धनको प्रधानमन्त्री को हो भन्न सक्नुपर्छ। यसो भन्न नसक्नु उनीहरुको नादानी हो, जनतामाथिको धोका हो।' 

प्रधानमन्त्री को हो भन्ने कुरा तय गर्न नसक्नुले उनीहरु एमालेसँग अझै डराएको पुष्टि भएको पनि बास्कोटाले बताए। 

'उनीहरु स्वत: डराएर गठबन्धन गरेका छन्। कांग्रेससँग त एक्लै लड्ने हिम्मत नै छैन। माओवादीको कुरै नगरौँ, झन् डारएको छ', उनले भने, 'उनीहरुको उम्मेदवार पपुलर नभएकाले प्रधानमन्त्रीको उम्मेदवार तय गर्न नसकेको हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .