समाज


धनगढीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

धनगढीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ६:२२,

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट सोमबार बिहान एक महिलाको मृत्यु भएको छ।

बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad