खेल


साग पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

साग पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ६:५०,

१३ औं साग अन्तर्गत टी ट्वान्टी क्रिकेट प्रतिस्पर्धामा नेपाली राष्ट्रिय क्रिकेट टोली कास्य पदक हात पार्न सफल भएको छ।

सोमबार नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो।

सुरुवाती ब्याटिङ गरेको माल्दिभ्सले पुरा २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो।

९५ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलब १ ओभरको समाप्तिमा ५ विकेटको उक्त लक्ष्य भेट्टाएको हो।

नेपालको जितका लागि आरिफ शेखले २८ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनको योगदान दिए ।

पवन सरार्फ १० र रोहित कुमार पौडेल १५ रनमा अविजित रहँदा कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए। विनोद भण्डारीले १२ रन जोडे।

स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .