अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायब निरीक्षक हेमन्त केसीलाई घुस रकमसहित पक्राउ गरेकाे छ।
सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए वापत सेवाग्राहीसँग घुस रकम मागेकाेअख्तियारकाे दाबी छ।
विशेष सूचना एवं उजुरीको आधारमा नेपालगञ्जबाट खटिई गएको टोलीले केसीलाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस वापतको रकम लिईसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय दाङ अगाडिको वली होटलबाट रंगेहात नियन्त्रणमा लिएकाे हाे। उनीमाथि थप अनुसन्धान भईरहेको अख्तियारले जनाएकाे छ।
3
Shares
प्रतिक्रिया