ad ad

कारोबार


उर्जा मन्त्रालयको आयोजनाबारे अर्थमन्त्री र उर्जामन्त्री बीच छलफल

उर्जा मन्त्रालयको आयोजनाबारे अर्थमन्त्री र उर्जामन्त्री बीच छलफल

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १४:२६,

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतका आयोजनाहरुबारे अर्थमन्त्री र उर्जामन्त्री बीच छलफल भएको छ।

आइतबार भएको बैठकमा दुबै मन्त्रालयका सचिव तथा अन्य पदाधिकारीहरु समेत सहभागी थिए।

उर्जा मन्त्रालय अन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाको अवस्था र बजेटको स्रोत व्यवस्थापनबारे भएको बैठकमा उर्जा मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गतको बैकल्पिक उर्जाको परियोजना, सिंचाइका योजनाहरुमा रकमान्तर गर्ने विषय तथा बजेट थपको विषयमा उठान गरेको थियो।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बारेमा चासो राखेका थिए। यो परियोजना निर्माणको अन्तिम चरणमा रहेकोले नेपालले यसबाट अपेक्षा पनि धेरै राखेको छ।

यसको उत्पादन राष्ट्रिय प्रसारण लाईनमा यही आर्थिक वर्ष भित्र जोड्ने गरी काम समेत भैरहेको छ। नेपालको आर्थिक वृद्धिदर नै उकास्ने परियोजनाको रुपमा अर्थमन्त्रालयले लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .