समाज


एसईई पूरक परीक्षा भदौ ११ र १२ गते (सूचनासहित)

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०७९ आइतबार ११:४३, काठमाडौँ

माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौमा हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डले भदौ ११ र १२ गतेका लागि पूरक परीक्षा गर्ने निर्णय गरेको हो। ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बोर्डले जनाएको छ। 

बोर्डका अनुसार  ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेका दुई विषयमा पूरक परीक्षा दिन पाउनेछन्।

परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्नु पर्नेछ। 

विद्यार्थी बढीमा दुई विषयमा मात्रै पूरक परीक्षा दिन पाउने व्यवस्था छ। दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउनेछन्।

पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । ठूलो कोड भएको विषयको परीक्षा १२ गते हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ। भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .