पश्चिम अफ्रिकी मुलुक मौरिटानियानजिक आन्ध्र महासागरमा आप्रवासी चढेको डुंगा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघको आप्रवाससम्बन्धी एजेन्सीले जनाएको छ।
डुंगामा कम्तीमा डेढ सय जना सवार रहेको र इन्धन अभावमा मौरिटानिया पुग्न नपाउँदै डुबेको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले जनाएको छ।
८३ जना पौडेर किनारसम्म आइपुगेका छन्। जीवित रहेकाहरुले सो डुंगा गाम्बियाबाट २७ नोभेम्बरमा हिँडेको जनाएका छन्।
पछिल्लो समय अफ्रिकाबाट काम र राम्रो जीवनको खोजीमा अवैध रुपमा युरोप जान खोज्नेहरुको संख्या बढिरहेको छ। युरोपेली मुलुकहरुले उनीहरुको आगमनमा कडाइ गरेका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया