भक्तपुरको सूर्यविनायकमा पर्खाल भत्कँदा एक वृद्धाको ज्यान गएको छ।
सूर्यविनायक नगरपालिका–१० चित्तापोल लाकुलीकी ६६ वर्षीया नारायण देवी थापाको पर्खालले च्यापेर मृत्यु भएको हो।
बुधबार साँझ स्थानीय कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाको कारण भत्किएको थियो।
पर्खाल भत्कने बेला पर्खालमुनि हिँडिरहेकी नारायण देवी थापा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको डीएसपी राजु पाण्डेले बताए।
असार १५, २०७९, बुधबार
प्रतिक्रिया