ad ad

समाज


न्याय परिषदद्वारा ७ न्यायाधीश नियुक्त, ५ को सरूवा (नामसूची)

न्याय परिषदद्वारा ७ न्यायाधीश नियुक्त, ५ को सरूवा (नामसूची)

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ११:३२,

न्याय परिषदले सात जनालाई नयाँ न्यायाधीशमा नियुक्त गरेको छ भने विभिन्न अदालतमा कार्यरत पाँच न्यायाधीशको सरुवा गरेको छ।

परिषदको मंगलबार सम्पन्न बैठकले न्यायाधीश नियुक्ति तथा सरुवाको निर्णय गरेको हो। सरुवा हुनेमा भोजपुर, सोलुखुम्बु, नवलपुर, दोलखा र रुकुमका न्यायाधीश छन्।

परिषदले भोजपुरका खिलनाथ रेग्मीलाई बारा जिल्ला अदालत, सोलुखुम्बुका अमृतबहादुर बस्नेतलाई झापा जिल्ला अदालत, नवलपुरका अम्बिकाप्रसाद निरौलालाई काठमाडौं जिल्ला अदालत, दोलखाका तेजबहादुर खड्कालाई मोरङ जिल्ला अदालत र जिल्ला अदालत रुकुमका न्यायाधीश आत्मदेव जोशीलाई धादिङ जिल्ला अदालतमा सरुवा गरेको हो।

यस्तै नयाँ न्यायाधीशमा भने उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त, सर्वोच्चका उपरजिष्ट्रारहरु विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, इन्दिरा शर्मा, मनकुमारी जीएम विक र रिता कुमारी बख्रेल तथा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी नियुक्त भएका छन्।

नियुक्तिसँगै उनीहरुले क्रमशः गेहेन्द्रलाई जिल्ला अदालत भोजपुर, विद्याराजलाई जिल्ला अदालत रुकुम, महेन्द्रराजलाई जिल्ला अदालत सोलुखुम्बु, टेकराजलाई जिल्ला अदालत डोल्पा, इन्दिरालाई जिल्ला अदालत झापा, मनकुमारीलाई जिल्ला अदालत बाँके र रिता कुमारीलाई जिल्ला अदालत सप्तरीमा पदस्थापन गरिएको छ।

उनीहरु सबै सातै जना जिल्ला न्यायाधीशमा नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .