२–२ सेट बराबरी खेलेपछि खेल गर या मरको अवस्थामा पुगेको हो। अब अन्तिम सेट १५ अंकको हुनेछ।
जसले यस खेल जित्नेछ उसैले सागको स्वर्ण लानेछ।
पहिलो सेटमा नेपाल २५–१७ को सेटमा हारेको थियो।
दोस्रो सेटमा भने नेपाली टोलीले २५–२३ को जित निकाल्दै खेलमा पुनरागमन गरेको थियो।
तेस्रो सेटमा नेपालले २५–२१ को जित निकाल्दा चौथौं सेटमा भारतले २५–२० को जित निकाल्यो।
चौथो सेटमा भारतले पुनरागमन गरेको हो।
हाल नेपाल र भारतको महिला भलिबल फाइनल त्रिपुरेश्वस्थित कभर्डहलमा जारी छ।
प्रतिक्रिया