ad ad

कारोबार


दूतावासद्वारा ३१ हजार कामदारको माग प्रमाणीकरण

दूतावासद्वारा ३१ हजार कामदारको माग प्रमाणीकरण

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ११:२९,

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ।

दूतावासले गत असोज तेस्रो सातादेखि यही म‌ंसिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो। नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्ती सम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले जनाएको छ।

औद्योगिक क्षेत्रका १७ हजार ११६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १८३, कृषि क्षेत्र एक हजार ४७५, ‘प्लान्टेसन’ एक हजार ३९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ। मागपत्रको प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .