समाज


आईजीपीको रिटमा सरकारी वकिलको बहस सुरु

आईजीपीको रिटमा सरकारी वकिलको बहस सुरु

नेपालखबर
असार १३, २०७९ सोमबार १२:१, काठमाडौँ

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको रिटमा विपक्षी अर्थात् सरकार पक्षको बहस सुरु भएको छ। महान्यायाधिवक्ता कार्यालयको तर्फबाट शोभाकान्त भण्डारीले बहस सुरु गरेका हुन्। 

यसअघि जेठ ३० गते र असार ५ गते रिट निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस भएको थियो। आज पनि आफूहरुले बहस गर्ने पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्। 

तर आज भने इजलासले विपक्षीलाई समय दिएको हो। सरकारी वकिल कार्यालयका तर्फबाट पनि बहसका लागि दुई दिन समय पाउनेछन्। महान्यायाधिवक्ताको कार्यालय र आईजीपी धिरजप्रताप सिंहको तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्ने छन्।

सरकारलेसिंहलाई आईजीपीमा बढुवा गरेपछि एआईजी पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। तर पोखरेलले सिंहलाइृ हटाएर आफूलाई आईजीपी बनाउन माग गरे पनि न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। 

त्यसपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad