NepalKhabar NepalKhabar

फोटोफिचर


नवनियुक्त मन्त्रीले लिए शपथ (तस्बिरहरु)


विक्रम राई
असार १३ , काठमाडौँ

एकीकृत समाजवादीको भागमा परेका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना नयाँ मन्त्रीहरुलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। 

गत जेठ २२ गते बसेको एकीकृत समाजवादी सचिवालय बैठकको निर्णयअनुसार मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीले शपथ लिएका हुन्। 

आइतबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको थियो।

शीतल निवासमै राज्यमन्त्रीमा नियुक्त हिराचन्द्र केसीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। 

समाजवादीको कोटाबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्यकै राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका थिए।

 

असार १३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.