लागूऔषध नियन्त्रण ब्यूराेले लामाे समयदेखि काठमाडाैं र पाेखरालाई केन्द्र बनाएर भारतबाटै महँगा ड्रग्सकाे काराेबारमा संलग्न एकजनालाई पक्राउ गरेकाे छ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले गोरखा घर भई काठमाडौं बस्दै आएका ओडगेन लामालाई पक्राउ गरेको हो।
प्रहरीले उनका साथबाट लागूऔषध एम्फेटामाइन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेट बरामद गरेको छ।
विगत लामो समयदेखिको सूचना संकलन, विश्लेषण एवं निगरानीपछि आइतबार अपराह्न १५ः३० बजे काठमाडौंको धुम्वाराहीस्थित सडक किनारबाट लामालाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनको साथबाट लागूऔषध एम्फेटामाईन (आईस) २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेटसहित पक्राउ गरी अनुसन्धानपछि लामाको कोठामा समेत खानतलासी गर्दा निजले लुकाई राखेको लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २०० ग्राम, कोकिन ८६ ग्राम र यावा ७१२ ट्याबलेट गरी कुल जम्मा लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेट बरामद भएको छ।
पक्राउ परेका लामा यसअघि पनि २०६२ असोज ७ गते ५६ किलो ४ सय ग्राम लागूऔषध चरेससहित पक्राउ परेका थिए। ब्युरोले उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्दा उनले २ वर्ष ६ महिना कैद भुक्तान गरेका थिए।
लामा भारतमा बसी नेपालको पूर्वी सिमानाका हुँदै काठमाण्डौलाई केन्द्रित गरी लागूऔषध एम्फेटामाइन, कोकिन र यावा कारोबार गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ।
उनीउपर यस ब्युरोबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया