समाज


मतगणनाको समाचार संकलन सहज बनाउन महासंघको आग्रह

मतगणनाको समाचार संकलन सहज बनाउन महासंघको आग्रह

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १०:०,

नेपाल पत्रकार महासंघले उपनिर्वाचनको मतगणनाको समाचार निर्वाध ढंगले संकलन गर्ने व्यवस्था मिलाउन माग गरेको छ।

शनिबार हुने उपनिर्वाचनको क्रममा आमसञ्चारकर्मीहरूलाई निर्वाध ढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्नुका साथै मतदान र मतगणनाको समयमा समाचार संकलन र छायांकनको व्यवस्थाका लागि महासंघले सम्बन्धित निकायसँग माग गरेको हो।

शुक्रबार विज्ञप्ति प्रकासित गरी महासंघले निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई आवश्यक पास सहजढंगबाट उपलब्ध गराउनुका साथै निर्वाचनको क्रममा केही हिंसात्मक घटनाको प्रयास भएकाले पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि सम्बन्धित पक्षसँग माग गरेको छ।

साथै, निर्वाचनका बेला सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै उपनिर्वाचनको समाचार संकलन र संप्रेषण गर्न आहृवान पनि गरिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad