राजनीति


संविधान संशोधन गर्न सकिन्छ भनेरै कानुन मन्त्रालय स्वीकार गरेको हुँः उपप्रधानमन्त्री यादव

संविधान संशोधन गर्न सकिन्छ भनेरै कानुन मन्त्रालय स्वीकार गरेको हुँः उपप्रधानमन्त्री यादव

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १०:६,

उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संशोधन संशोधन गर्ने सकिन्छ कि भनेका आफूले कानुन मन्त्रालय स्वीकार गरेको बताएका छन्।

 शुक्रबार मन्त्रालयमा कानून तथा संसदीय मामिला हेर्ने सञ्चारकर्मीहरूसँगको छलफलमा उपप्रधानमन्त्री यादवले संविधान संशोधन आफ्नो मिसन भएको बताए।

उनले कानुन मन्त्रालय आफूले रोजेको नभइ प्रधानमन्त्रीले दिएको मन्त्रालय भएको हुँदा त्यसलाई अवसरका रुपमा लिइ संविधान संशोधनको बाटोमा लाग्ने बताए।

उनले सविधान संशोधन मुलुकको आवश्यकता भएको दावी गरे। उनले आफू संविधान संशोधन गर्ने सर्तमै सरकारमा गएको स्मरण समेत गरे।

‘संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर संघीयता बलियो हुँदैन, पार्टीको मुख्य मिसन नै संविधान संशोधन हो’, समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले भने। उनले वार्ताबाटै समस्या समाधान खोज्ने पक्षमा आफूहरु रहेको बताए।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरु कार्यान्वयन भए÷नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरु सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाइने उनको भनाइ थियो। उपप्रधानमन्त्री यादवले संक्रमणकालीन न्यायलाई पनि आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे।

उपप्रधानमन्त्री यादवले यही मङ्सिर ९ गते कानून मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad