समाज


विवाह पञ्चमी महोत्सव : फुलबारी लिलामा हजाराैँ सहभागी

 विवाह पञ्चमी महोत्सव : फुलबारी लिलामा हजाराैँ सहभागी

शैलेन्द्र महतो
मंसिर १२, २०७६ बिहिबार ३:८,

सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधबार साँझ राम, लक्ष्मण र सीतालाई पुष्पबाटिका घुमाई फुलबारी लिला मनाइएको छ।

जानकी मन्दिरको उत्तरी छेउमा रहेको विवाह मण्डपमा फुलबारी लिला गरिएको हो। बालबालिकालाई राम, सीता र लक्ष्मणको स्वरुपमा सिँगारेर विवाह मण्डपको फुलबारीमा घुमाइएको थियो।

त्रेता युगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्याबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ।

किम्बदन्तीअनुसार त्यहीँ राम र जानकी एकअर्काप्रति आकिर्षत भएका र सीताले राम जस्तै वर पाउन कामना गरेकी थिइन्।

फुलबारी लिला अव्लोकन गर्न हजरौंको संख्यामा दर्शनार्थी भेला भएका थिए। आज (बिहीबार) धनुष यज्ञको कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णबले जानकारी दिए। मंगलबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरमा नगर दर्शन गराइएको थियो।

त्रेता युगमा मर्यादा पुरुषोतम राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाउने प्रचलन छ। यस वर्ष मंसिर १० गतेबाट सुरु हुने रामजानी विवाहको काम मंसिर १६ गतेसम्म चल्ने छ।
आज बिहीबार धनुष यज्ञ, १३ गते शुक्रबार तिल्कोत्सव, मंसिर १४ गते शनिवाबार राम र जानकीको मटकोर र १५ गते आईतबार विवाहपञ्चमीको मुख्य दिन हो। यस्तै मंसिर १६ गते सोमबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad