१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला भलिबलमा नेपालले आज (बिहीबार) दोस्रो खेलमा भारतको सामना गर्दैछ।
समूह ‘ए’ मा रहेको नेपालले उपाधि दाबेदार टोली भारतसँग खेल्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा दिउँसो ५ बजे सुरु हुनेछ।
पहिलो खेलमा बुधबार बंगलादेशलाई सोझो सेटमा पराजित गरेको नेपालका लागि भारतविरुद्ध जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्ने अवसर छ।
भारतलाई पराजित गर्न सके आफ्नो स्वर्ण लक्ष्य पूरा हुने नेपाली प्रशिक्षक जगदिश भट्टले बताए।
नेपाल र भारत यसअघि २०१४ मा नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा आमने सामने भएका थिए। त्यसबेला नेपाललाई पराजित गर्दै भारतले स्वर्ण जितेको थियो।

प्रतिक्रिया