पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ।
उक्त प्रणालीका कारण मुलुकभर चिसो बढेको मौसमविद्ले बताएका छन्।
यस प्रणालीले विशेषगरी देशको पश्चिमी क्षेत्रमा असर पारिरहेको मौसमविद् बासीले बताइन्।
‘पश्चिमी न्यून चापीय प्रणालीले पूर्व र मध्य क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा बढी असर पु¥याइरहेको छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्, ‘पश्चिमका पहाडी भेगका एक/दुई स्थानमा क्षणिक वर्षा तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना छ।’
पश्चिमी वायुको प्रभाव आगामी तीन दिनसम्म रहने भएकाले बिहीबारसम्म देशको मौसमी अवस्था यस्तै रहने उनको अनुमान छ।
माैसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : देशको हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउनहुन अनुरोध छ।
महाशाखाद्वारा जारी आगामी ३ दिनको मौसमी अनुमान
मंसिर १० गते (मंगलबार)
दिउँसो : देशैभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ।
राति : देशैभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ।
मंसिर ११ गते (बुधबार)
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली रही मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ।
राति : देशको पश्चिमी भूभागमा सामान्य बदली रही मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ।
मंसिर १२ गते (बिहीबार)
दिउँसो : देशैभर आंशिकदेखि सामान्य बदली रहनेछ।पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ।
राति : देशैभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ।

प्रतिक्रिया