समाज


सशस्त्र प्रहरी प्रवक्तामा कामु एसएसपी कमल प्रसाद तिउसीना

सशस्त्र प्रहरी प्रवक्तामा कामु एसएसपी कमल प्रसाद तिउसीना

नेपालखबर
फागुन २, २०७८ सोमबार १७:२३, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले पाएका छन्।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश पाएपछि तिउसीनालाई सो जिम्मेवारी दिइएको एपीएफले जनाएको छ।

कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected]मा सम्पर्क गर्न सकिने छ। 

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad