आईएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ र ‘एभरेष्ट बैंक लिमिटेड’बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ।
डिजिटल सहजताको निम्ति गरेको यस सम्झौतापश्चात् उपभोक्ताले आईएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन्।
हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।
आइएमई पेमा बैंक लिङ्क गरेपश्चात् उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अद्यावधिक गरिएको छ भने आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् ।
यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
Shares

प्रतिक्रिया