संघीय राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४६ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार काठमाडौंमा सबैभन्दा धेरै ३६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै ललितपुरमा ५८७ जनालाई कोरोना संक्रमण देखिएको छ। उता भक्तपुरमा ४५५ जनालाई कोरोना देखिएको छ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्यषा ३८ हजार ५८१ पुगेको छ।
त्यस्तै भक्तपुरमा पनि सक्रिय संक्रमित ५१ सय १० रहेका छन्। उता ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ९ हजार ५१ रहेको छ।
165
Shares
प्रतिक्रिया