युवा गायक लेखु सहयात्री र चर्चित गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘भकारी’ सार्वजनिक भएको छ।
भावसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘भकारी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।
युवा सर्जक सहयात्रीले भकारीलाई हरेक दृष्टिकोणबाट राम्रो बनाउन भरपूर प्रयास गरिएको जानकारी दिए।
पुरानो जनविश्वाससँग कथा जाडेर तयार पारिएको गीतको भिडियोमा अहिलेका चर्चित मोडल नाजिर हुसेन र गरिमा शर्माको नृत्यसहितको अभिनय हेर्न सकिन्छ।
अम्बिका गुरुङले सिर्जना गरेका शब्दमा कोशिश क्षेत्रीले संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ।
बुद्ध थापाको छायाँकन र सुप्रीम पराजुलीको सम्पादन रहेको गीतको भिडियो निर्देशन शान थापाले गरेका हुन् ।
भिडिओ :
60
Shares
प्रतिक्रिया