डडेल्धुरामा अनसन बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्।
डा. केसी नमानेपछि उनलाई लिन गएको सेनाको हेलिकप्टर रित्तै काठमाडौँ फर्केको छ।
उनको स्वास्थ्य नाजुक भएकाले उपचारमा पठाउन भन्दै जिल्ला प्रशासन कार्यालय डडेलधुराले गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरेको थियो।
तर, उनले नमानेपछि हेलिकप्टर फिर्ता गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया