ठूलो घाटा व्यहोरिरहेको ब्रिटिस स्टील बन्द हुने अवस्थामा पुगेको थियो। तरलतामा पुगिसकेको कम्पनीलाई सरकारले संचालन गर्दै आएको थियो।
चिनियाँ कम्पनी जिंग्य ग्रुपले उक्त कम्पनीलाई खरिद गर्ने भएपछि ४ हजार वेलायती नागरिकहरु बेरोजगार हुनबाट जोगिएका छन्।
ब्रिटिस स्टीलले युरोपका विभिन्न स्थानमा २० हजार रोजगारी प्रदान गर्दै आएको छ। कम्पनी बन्द भएको भए सबैले रोजगारी गुमाउने निश्चित थियो।
७० मिलियन पाउन्डमा जिंग्य ग्रुपले ब्रिटिस स्टील खरिद गर्ने सहमति भएको बीबीसीले जनाएको छ।


प्रतिक्रिया