एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
दोस्रो खेलमा नेपालले सोमबार किर्गिस्तानमाथि ३–० को जित हात पार्यो। यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो जित निकालेको थियो। ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा नेपालले २५–१९ र तेस्रो सेटमा २५– २० ले जित हात पार्याे।
जितसँगै अपराजित रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ। पराजित किर्गिस्तानको १ अंक छ। राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछ।
सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ। त्यस्तै नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ। प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया