राजनीति


मन्त्री हेरफेर गर्ने विषयमा बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

मन्त्री हेरफेर गर्ने विषयमा बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ११:२८,

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठन, उपनिर्वाचनको तयारीका विषयमा छलफल भएको बताइएको छ।

 ‘मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम र उपनिर्वाचनबारे छलफल गर्न प्रचण्ड बालुवाटार जानुभएको हो’, स्रोतले नेपालखबरसँग भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबी सरकारमा रहेका मन्त्रीहरु फेरबदलका विषयमा छलफल भएको हो।

शनिबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका थिए। नयाँ सचिवालयको टिम, मन्त्रीहरुको टुङ्गो दुई अध्यक्षकै बैठकले तय गर्ने स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad