समाज


मुख्य नाकाहरूमा विषादी परीक्षण प्रयोगशाला राख्ने तयारी

मुख्य नाकाहरूमा विषादी परीक्षण प्रयोगशाला राख्ने तयारी

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ३:५१,

सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो।

विभागका अनुसार नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछन्।

विभागकी महानिर्देशक मतिनाजोशी वैद्यका अनुसार चालु आर्थिक वर्षभित्रै ती स्थानमा जनशक्तिसहित प्रयोगशाला राख्ने तयारी छ। त्यसका लागि ११ करोड रुपैयाँ बजेट छुट्याइसकिएको विभागले जानकारी दिएको छ।

चार महिनाअघि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै ल्याउन दिने निर्णय गरेको थियो। त्यसलगत्तै १ साता भारतबाट तरकारी आउन ठप्प भएको थियो। भारतीय दूतावासको दबाबमा सरकारले आयात खुला गर्दै भन्सार नाकामै प्रयोगशाला राख्ने तयारी गरेको हो।

अहिले देशभर ८ स्थानमा विषादी परीक्षण प्रयोगशाला छन्। काठमाडौंको कलंकी, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, बाँकेको नेपालगन्जस्थित रानी तलाउ, अत्तरिया र खाद्य प्रविधिको काठमाडौंमा प्रयोगशाला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad