चितवनको भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आइतबार बिहान स्कुटर दुर्घटना हुाँ चालकको मृत्यु भएको छ।
स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन्।
प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५९ प ३३७० नम्बरको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया