राजधानीको नियमित किसिमको दैनिकी बिर्साउन हालै मात्र सिभिल इन्जिनियरिङको स्नातक उत्तीर्ण गरेका साथीहरूको टोलीसहित विवेक पण्डितले मार्दी हिमालको आधार शिविरसम्मको ट्रेकिङ पूरा गरे।
पाँच जनाको टोलीको तीन दिने ट्रेकिङले निकै स्फूर्ति मिलेको उनको अनुभव छ । फरक खालको यात्रामा जाने सोचका साथ यसपटक ट्रेकिङ रोजाइमा परेको पण्डित बतउँछन्।
हेटौँडामा अध्यापन गर्ने प्रियङ्का श्रेष्ठ पनि यसपटक बिदाको उपयोग गर्दै विश्वकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालसम्मको टे«किङमा गइन्।
तीन जनाको टोलीले यो यात्राका लागि नौ दिन खर्च ग¥यो । त्यसो त श्रेष्ठ हरेक वर्ष एकपटक ट्रेकिङमा निस्कने बताउँछिन्।
ट्रेकिङका क्रममा प्राकृतिक सुन्दरताको आनन्द त छँदै छ त्यसमाथि यसले स्वास्थ्यमा समेत निकै फाइदा गर्ने उनको अनुभव छ । आफ्नै देश घुम्नुपर्छ भन्ने पे्ररणाले पनि टे«किङमा उत्साहित बनाउने गरेको छ।
यो खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।
युरोप र अमेरिकी देशका पर्यटकको मुख्य रोजाइमा मात्र पर्ने नेपालको टे«किङ अहिले आन्तरिक पर्यटकको पनि मुख्य आकर्षण बनेको प्रतिनिधि उदाहरण हुन् यी।
अन्य किसिमको घुमघामभन्दा धेरै समय लाग्ने खर्चिलो यात्रा हो टे«किङ। काठमाडौँ, पोखरा, सौराहा, इलाम, लुम्बिनीजस्ता सजिलै पुगिने गन्तव्यमा मात्र धेरै आकर्षित हुने नेपाली सङ्घर्षसहितको टे«किङ्मा जाने प्रवृत्ति विगत केही वर्षयता व्यापक बन्दै गएको छ।
खासगरी युवापुस्ताबीच नेपालका चर्चित टे«किङ क्षेत्र घुमघामको योजनामा पर्छ । नयाँ अनि फरक अनुभव लिने युवापुस्ताको सोचले पनि टे«किङमा आकर्षण बढाएको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन्।
टे«किङ गन्तव्यका क्रममा बसोबासका लागि बढ्दो सहजताले पनि टे«किङ सबैले गर्नसक्ने यात्राका रूपमा स्थापित हुन थालेको उनले बताए।
Shares

प्रतिक्रिया