समाज


‘बुल-बुल’ चक्रवातको प्रभाव कम हुँदै, आजदेखि मौसम सुधार

‘बुल-बुल’ चक्रवातको प्रभाव कम हुँदै, आजदेखि मौसम सुधार

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार २:३३,

बंगालको खाडीबाट विकसित ‘बुल-बुल’ चक्रवातको प्रभाव नेपालमा कम हुँदै गएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी शान्ति कँडेलका अनुसार अहिले उक्त चक्रवात बंगलादेशनजिक छ। र, यो प्रणाली उत्तर–पूर्वतर्फ अगाडि बढ्दै छ।

त्यसैको आंशिक प्रभावले अहिले देशका पूर्वी र मध्य पहाडी क्षेत्रमा आंशिक बदली भएको मौसमविद् कँडेलले बताइन्। त्यसबाहेक देशका अन्य स्थानमा मौसम समान्यतया सफा रहेकाे र आज कतै पानी पर्ने तथा हिमपात हुने सम्भावना नरहेकाे उनले जानकारी दिइन्। 

‘नेपालमा बुल–बुल चक्रवातको प्रभाव ठूलो हैन, आंशिक मात्र परेको हो, त्यो पनि अब कम भइसकेको छ,’ नेपालखबरसँग उनले भनिन्।

काठमाडौं उपत्यकाको मौसम पनि अहिले सामान्यतया सफा रहेको र दिनभर यस्तै रहने मौसमविद्को अनुमान छ।

आजदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन अर्थात् मंगलबारसम्म देशका केही क्षेत्रमा आंशिक बदली भए पनि कतै वर्षा तथा हिमपातको सम्भावना छैन।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad